२८ जेठ २०८३, बिहीबार

रुसी तेल डिपोमा युक्रेनको ड्रोन आक्रमण

साउन १९, २०८२
काठमाडौं
रुसी तेल डिपोमा युक्रेनको ड्रोन आक्रमण

युक्रेनले रुसको सोचीमा रहेको तेल डिपोमा ड्रोनले आक्रमण गरेको छ। आइतबार भएको आक्रमणपछि डिपोमा ठूलो आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

क्रास्नोदर क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्राटयेभले ड्रोनको भग्नावशेष तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको बताए । जुन १२० भन्दा बढी अग्नि नियन्त्रकहरूले निभाएका थिए।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा डिपोबाट बाक्लो कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । आक्रमणपछि रुसको नागरिक उड्डयन एजेन्सी रोसाभियाट्सियाले केही समयको लागि सोची विमानस्थलमा उडानहरू रोकेको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुस र कालो सागरमाथि ९३ युक्रेनी ड्रोनहरू खसालेको छ। यद्यपि, रुसको भोरोनेज क्षेत्रमा अर्को युक्रेनी ड्रोन आक्रमणमा चार जना घाइते भएको समाचारमा उल्लेख छ । 

अर्कोतर्फ, रुसले पनि युक्रेनमा निरन्तर मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। युक्रेनी वायुसेनाको अनुसार, अगस्ट २, शनिबार राति रुसले ७६ ड्रोन र ७ मिसाइल प्रहार गरेको थियो।

यीमध्ये ६० ड्रोन र १ मिसाइल खसालिएको थियो। बाँकी १६ ड्रोन र ६ मिसाइल आठ फरक ठाउँमा खसेका थिए।

यसअघि जुलाई ३१ मा रुसी ड्रोन र मिसाइल आक्रमणमा युक्रेनका ३१ जनाको मृत्यु भएको थियो।  यसमा ५ बालबालिका पनि थिए भने १५० भन्दा बढी घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्