३१ असार २०८३, बुधबार

एकताबद्ध भएका छौं, विसंगतिविरुद्ध आन्दोलनमा जान्छौं : प्रचण्ड

साउन १९, २०८२
काठमाडौं
एकताबद्ध भएका छौं, विसंगतिविरुद्ध आन्दोलनमा जान्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी थप एकताबद्ध भएको बताएका छन् ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले पार्टीले गुटबन्दी अन्त्यको सन्देश दिएको बताएका हुन् ।

‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण, गणतन्त्रको सुदृढीकरणका निम्ति हाम्रो पार्टीले महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं । पार्टी एकताबद्ध भएको छ,’ प्रचण्डले भने, ‘हामी सामूहिक प्रतिवद्धता व्यक्त गरेका छौं । अबदेखि हामी सुदृढ एकताका साथ सबै गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प गरेका छौं । सामूहिक रूपले प्रतिबद्धता व्यक्त गरेका छौं ।’

अब फेरि एकपटक विसंगतिविरुद्ध जनतामा जाने निर्णय भएको उनको भनाइ छ ।

‘फेरि एकचोटी देशमा देखिएको विसंगतिको अन्त्यका निम्ति आन्दोलनमा जाने निर्णय गरेका छौं,’ प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्