
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलार साथै सोलार बत्तीहरू प्रदान गरेको छ ।
पोखरास्थित आश्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच सोलार सामग्री हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्रकुमार बाटाजु, प्राडा हरि पाठक, शालिकराम घिमिरे, विमलबहादुर कुँवर र ओमकुमार मुल्मी पनि सहभागी थिए ।
बैंकको तर्फबाट संस्थापक शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतलगायतले उक्त सोलार सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला केसी 'रूपा', रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गाराम पुरीलगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई 'ग्रीन मन्थ' (Green Month)को रूपमा मनाइरहेको छ।
सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको हो । बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ ।
एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८७ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।