२५ असार २०८३, बिहीबार

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

साउन २०, २०८२
काठमाडौं
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ः०० बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको हो ।

कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए । 

 सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो ।

salt training

कमेन्ट गर्नुहोस्