१० साउन २०८३, आइतबार

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

साउन २१, २०८२
बैतडी
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा आज  बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । 

सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । 

जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्