२५ जेठ २०८३, सोमबार

गाउँ छाडेर काठमाडौं बस्ने नागरिकलाई गाउँपालिकाको घुम्ती सेवा

साउन २१, २०८२
काभ्रेपलाञ्चोक
गाउँ छाडेर काठमाडौं बस्ने नागरिकलाई गाउँपालिकाको घुम्ती सेवा

काभ्रेको तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत शहरमा बस्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ । गाउँपालिकाले विशेषगरी आफ्ना नागरिक बसेको स्थानमै शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण एवं नवीकरण गरेको हो । 

एकहप्ते शिविरबाट पाँच सय ९१ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले बताए । 

गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा सात स्थानमा शिविर सञ्चालन गरिएको थियो । काठमाडौंको कुमारीगाल शिविरबाट ६२, जोरपाटीबाट ८५, कपनबाट ५८, स्वयम्भूबाट  ७१ र कोटेश्वरबाट एक सय ५२, भक्तपुरको सूर्यविनायकबाट ९८ र काभ्रेपलाञ्चोकको बनेपामा ६५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका उनले जानकारी दिए । 

उपत्यकालगायत सहरमा बस्ने यहाँका नागरिक अब सामाजिक सुरक्षा भत्ता लिन गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका गाउँपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्