२५ जेठ २०८३, सोमबार

यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साउन २१, २०८२
काठमाडौं
यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम भरिदिने, लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी पौडेलले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

पौडेललाई असार अन्तिम साता सेवाग्राहीसँग सात हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी (करार) पदमा कार्यरत पौडेलले सवारी चालक अनुमतिपत्रको अवधि नपुगी अनलाइन फाराम भरिदिने, लिखित परीक्षामा पास गरिदिने र ट्रायलमा समेत सहयोग गर्ने भनी बदनियत राखी सात हजार रूपैयाँ घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ’, प्रवक्ता पौडेलले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्