३१ असार २०८३, बुधबार

बढुवा भएका एसएसपी, एसपी र डीएसपीले लगाए दर्ज्यानी चिन्ह

साउन २१, २०८२
काठमाडौं
बढुवा भएका एसएसपी, एसपी र डीएसपीले लगाए दर्ज्यानी चिन्ह

प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक थापाले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गरेका हुन् । 

गृहमन्त्रीस्तरको बुधबारको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, गृहसचिवस्तरको बुधबारकै निर्णयअनुसार प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृत पदोन्नति भएका थिए । 

दर्ज्यानी चिन्ह पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुलबहादुर कार्की, राकेश सिंह, राजिबबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल छन् ।

यसैगरी, यसैगरी एसपीहरूमा अनिल कुमार खड्का, महेश थापा, दीपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।

null

डीएसपीहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले बढुवा भएका अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 

पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिबद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न आईजीपी थापाले निर्देशन दिए । 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्