३१ जेठ २०८३, आइतबार

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

साउन २२, २०८२
झापा
मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने  संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । “नगरपालिका नगरवासीको अभिभावक संस्था हो”, नगरप्रमुख पोखरेलले भने, “परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।”

दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरिन् । कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिइन् । 

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्