२७ असार २०८३, शनिबार

ठूलो मूल्य चुकाउन तयार छु तर, किसानको हितमा कहिल्यै सम्झौता गर्नेछैन : मोदी

साउन २२, २०८२
काठमाडौं
ठूलो मूल्य चुकाउन तयार छु तर, किसानको हितमा कहिल्यै सम्झौता गर्नेछैन : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हितलाई प्राथमिकता दिने बताएका छन् । अमेरिकाले भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि दिल्लीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानको हितका लागि आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका हुन् । 

यद्यपि, उनले अमेरिकी करबारे केही उल्लेख गरेनन् । 'हाम्रा किसानहरूको हित हाम्रो लागि सर्वोच्च प्राथमिकता हो । भारतले आफ्ना किसान दाजुभाइ दिदीबहिनीहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन,' उनले भने, 'मलाई थाहा छ, व्यक्तिगत रूपमा मैले ठूलो मूल्य चुकाउनुपर्नेछ तर म यसको लागि तयार छु।'

ट्रम्पको शुल्क घोषणापछि मोदीले कहिल्यै पनि अमेरिकी करबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् । तर व्यापार वार्ताको क्रममा अमेरिकाले भारतलाई कृषि क्षेत्रलाई व्यापारको लागि खोल्न दबाब दिइरहेको विश्वास गरिन्छ ।

अमेरिकाले भारतलाई ठूलो बजारको रूपमा हेर्छ, तर भारतले खाद्य सुरक्षा, जीविकोपार्जन र लाखौं किसानहरूको हितलाई उद्धृत गर्दै त्यसलाई बेवास्ता गर्दै आएको बीबीसी हिन्दीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतीय सामानमा थप २५ प्रतिशतको अतिरिक्त शुल्क घोषणा गरेका छन् ।

ट्रम्पको व्यापार युद्धमा कृषि क्षेत्र एक प्रमुख मुद्दा हो । दिल्लीस्थित थिंक ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका अनुसार, भारतमा अमेरिकी कृषि उत्पादनमा लगाइएको औसत शुल्क ३७.७ प्रतिशत छ, जबकि अमेरिकामा भारतीय कृषि उत्पादनहरूमा यो ५.३ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्