
एक महिने सांगीतिक यात्राको लागि क्यानडा जान लागेका गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका छन्।
उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रि प्रतीक्षालयबाटै फर्किएर अस्पताल भर्ना भएका हुन् ।
गायक खेम सेन्चुरीलाई पेटमा असहजता भएपछि तत्कालै अस्पताल लगिएको र अहिले उनको स्वास्थ्य स्थितिमा क्रमिक सुधार भइरहेको गायक मोहन खड्काले जानकारी दिए।
खेम सेन्चुरी नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन्। हाल उनी चिकित्सकको निगरानीमा छन् र शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्य सुधारको कामना गरिरहेका छन्।