०८ साउन २०८३, शुक्रबार

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब परिवर्तन नहुने गरी चाँडै घोषणा हुन्छ : मन्त्री चौधरी

साउन २५, २०८२
पाँचथर
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब परिवर्तन नहुने गरी चाँडै घोषणा हुन्छ : मन्त्री चौधरी
फाइल फोटो

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल चलिरहेको उल्लेख गर्दै उनले अब भने परिवर्तन नहुने गरी प्रतियोगिताको मिति तय गरिने बताए ।

आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिता सञ्चालनका लागि कर्णाली प्रदेश सरकारसँग छलफल चलिरहेको जानकारी गराए । 'प्रतियोगिता सञ्चालनको मुख्य जिम्मेवारी प्रदेश सरकारको भएकाले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग छलफल चलाइरहेका छौं,' मन्त्री चौधरीले भने, 'यसमा प्रधानमन्त्रीज्यूको पनि चासो रहेकाले चाँडै परिवर्तन तय गर्छौं ।'

मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सञ्चालनमा भएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी छानबिन गर्न एक समिति गठन गर्ने पनि जानकारी दिए ।

'प्रतियोगिता सञ्चालन गर्दा मौजुदा कानूनको अधीनमा रहेर काम गर्न सबै पक्षलाई हामीले आग्रह गर्दै आएका छौं,' मन्त्री चौधरीले भने, 'नियमनको जिम्मेवारी मन्त्रालयकै भएको हुँदा कानुनको अधीनमा रहेर एनपीएल सम्पन्न गर्न मन्त्रालयले सहयोग गर्नेछ ।'

मन्त्री चौधरीले खेलकुदका संरचना निर्माणका लागि निकै कम मात्रै जग्गा प्राप्त नहुने अवस्था रहेको र प्राप्त जग्गामा संरचना निर्माण गर्न बजेट अभाव हुने गरेको बताए  । 'आगामी दिनमा स्थानीय तहले पनि जग्गाको प्रबन्ध गर्नुपर्ने आवश्यकता छ,' उनले भने, 'अहिले प्राप्त भएका जग्गामध्ये करिब ७० प्रतिशतमा खेलकुदका संरचना निर्माण भइरहेका छन् ।'

salt training

कमेन्ट गर्नुहोस्