१९ असार २०८३, शुक्रबार

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

साउन २५, २०८२
काठमाडौं
विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् ।

आज निजी विद्यालयका संगठनहरू प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

प्याब्सनका महासचिव आरबी कटुवालले भने, 'विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानूनी व्यवस्था विपरीत छ ।'

उनले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानूनको भावना र मर्म विपरीत रहेको दाबी गरे ।

उनीहरूले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्