२० असार २०८३, शनिबार

रूग्ण ठेक्का व्यवस्थापनबारे छलफल

साउन २५, २०८२
काठमाडौं
रूग्ण ठेक्का व्यवस्थापनबारे छलफल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रूग्ण ठेक्का व्यवस्थापनबारे छलफल शुरू गरेको छ । सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षापछि रूग्ण ठेक्का व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।

मन्त्री देवेन्द्र दाहालले रूग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिए । 'देशभरिका कार्यालय प्रमुखहरू काठमाडौं आएको समय पारी मसिनो गरी रूग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो,' उनले भने, 'बजेट कार्यान्वयन गर्न उहाँहरूलाई धेरै दिन काठमाडौंमा राख्न उपयुक्त हुँदैन, त्यसैले बिदाको दिन पनि छलफल गरेका हौं ।'

वार्षिक समीक्षा गोष्ठीमा समेत मन्त्री दाहालले रूग्ण ठेक्का व्यवस्थापन र बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । आयोजनाहरू शुरू हुने तर निर्धारित समयमा नै पूरा नभई वर्षौं अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हाले देखिनै विशेष चासो राख्दै आएका छन् ।

अन्य मन्त्रालय तथा कार्यालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य क्षेत्र समेत फरक रहेका कारण बिदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्मा बताए । 'सडकका कर्मचारीले १० बजेदेखि ५ बजेसम्म काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनुपर्छ,' उनले भने, 'त्यसैगरी चालु आर्थिक वर्षका लागि कर्मचारीहरू कार्यालयमा जानुअघि रूग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकासका लागि सहजीकरण गर्न बिदाका दिन पनि काम गरिएको हो ।'

चार सङ्घीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रूग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको हो ।

छलफलमा सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशकहरू, आयोजना प्रमुखहरू तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्