२४ जेठ २०८३, आइतबार

खेतीपातीको समयमा मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ : प्रधानमन्त्री ओली

साउन २६, २०८२
काठमाडौं
खेतीपातीको समयमा मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन् । 

तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । 

कृषि मन्त्रालयको विवरण अनुसार, यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। जसमा —

युरिया: १६,५३९ मेट्रिक टन

डीएपी: ७,६५३ मेट्रिक टन

पोटास: ४,९१५ मेट्रिक टन

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए । 
जसमा —
युरिया: १०,९८४ मेट्रिक टन

डीएपी: ९४२ मेट्रिक टन

पोटास: १,७८५ मेट्रिक टन

प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । ‘खेतबारी हराभरा बनाऔं’ भन्दै उनले कृषकहरूलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्