०४ असार २०८३, बिहीबार

बुटवल–भैरहवा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

साउन २६, २०८२
बुटवल
बुटवल–भैरहवा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

रुपन्देहीको बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिका–५ सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनवल घर भई हाल तिलोत्तमा–१४ मा बस्दै आइरहेका २० वर्षमा खेम भुसालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका भुसालको उपचारको लागि क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए । 

पानी परेकाले सडकमा टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्