२३ असार २०८३, मंगलबार

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु : १६ घाइते, चारको अवस्था गम्भीर

साउन २६, २०८२
विराटनगर
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु : १६ घाइते, चारको अवस्था गम्भीर

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ७:१५ बजे पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन सकेको छैन । 

घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ ।

घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको हो । १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

null

त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक  सहितको टोली घटनास्थलमा खटिएर उद्धार कार्यमा जुटेको थियो । झापाको अर्जुनधारा नगरपालिका–१ बस्ने ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विङ्गरका चालक घाइते भएकाले उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्