२९ असार २०८३, सोमबार

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता

साउन २६, २०८२
काठमाडौं
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार बिहान श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।​

श्रेष्ठले हिजो मात्र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका थिए ।

साथै उनले केही दिन अघि समाजवादीकै महासचिव घनश्याम भुसालसँग पनि भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्