११ साउन २०८३, सोमबार

रविलाई थुनामुक्त नगरेपछि पत्नी निकिताको प्रतिक्रिया : ‘अन्यायविरुद्ध निरन्तर लड्छु’

साउन २६, २०८२
काठमाडौं
रविलाई थुनामुक्त नगरेपछि पत्नी निकिताको प्रतिक्रिया : ‘अन्यायविरुद्ध निरन्तर लड्छु’

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न नमिल्ने आदेश गरेपछि उनकी पत्नी निकिता पौडेलले फेसबुकमार्फत प्रतिक्रिया दिएकी छन्।

‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु,’ निकिताले सामाजिक सञ्जालमा लेखेकी छन्।

सोमबार जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई बैंक जमानत लिई रिहा गर्न नमिल्ने आदेश दिएको हो। अदालतले आदेशमा चारवटा आधार प्रस्तुत गरेको छ, जसका आधारमा थुनामुक्त गर्न अस्विकार गरिएको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्