
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले बजेट पेस गर्न बाँकी स्थानीय तहलाई सहजीकरण गर्न सुरु गरेसँगै ती स्थानीय तहले धमाधम बजेट ल्याउने तयारी गरेका छन् । कतिपय स्थानीय तहले त मन्त्रालयको टोली स्थलगत सहजीकरणका लागि आउने जानकारी पाएपछि टोली आउनुअघि नै बजेट सभाबाट पारित गराएका छन् । बाँकी स्थानीय तहले आगामी भदौको दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता जनाएका छन् । गोरखापत्रमा खबर छ ।