०६ साउन २०८३, बुधबार

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

साउन २७, २०८२
काठमाडौं
बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। दिउँसो ४ बजे निर्धारित बैठकमा उनले संविधान र नियमावलीअनुसार विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार साउन २७ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बानियाँले धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) बमोजिम मत लिने प्रक्रिया अघि बढाएका हुन्।

साउन २० गते कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई ११० सदस्यीय बागमती प्रदेशसभामा आफ्नो सरकार कायम राख्न कम्तीमा ५६ सांसदको समर्थन आवश्यक छ। यसअघि नै कांग्रेस र एमाले दुवैले आफ्ना सांसदलाई समर्थनका लागि ह्वीप जारी गरिसकेका छन्। तर कांग्रेसकै नेता तथा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहले भने पूर्वसहमति पालना नगरे विश्वासको मतमा समस्या हुने चेतावनी दिँदै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्