२४ असार २०८३, बुधबार

पुरानो ढल्कुमा करेन्ट लागेर १ जनाको मृत्यु

साउन २७, २०८२
काठमाडौं
पुरानो ढल्कुमा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौंको पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका- १७ पुरानो ढल्कु बस्ने ६२ वर्षीय दिलकुमार पुजारीको करेन्ट लागेर गएराति मृत्यु भएको हो ।

सोही ठाउँस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्