२९ जेठ २०८३, शुक्रबार

दोहोरो अङ्कले घट्यो शेयर बजार, ६ अर्बको कारोबार

साउन २७, २०८२
काठमाडौं
दोहोरो अङ्कले घट्यो शेयर बजार, ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से परिसूचक २६.२२ अङ्कले घटेर २७९६.२४ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन सोमबार नेप्से २७.९० अङ्कले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको थियो । 

आज बजारमा कुल १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । 

दोहोरो अङ्कले घटेको बजारमा सिक्लेस हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक गिरावट भएको छ । 

कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी २६ करोड ७७ लाख ५५ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

मङ्गलबार बजार पुँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्