
सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिति (सीएनआई)का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ ।
भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको छ ।
साथै, उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रिटहरूका लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।
डेनमार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै डेनमार्कमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच छलफल भएको छ ।
डेनमार्कमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको जनाइएको छ ।