२१ जेठ २०८३, बिहीबार

करेन्ट लागेर १ जनाको मृत्यु

साउन २८, २०८२
सप्तरी
करेन्ट लागेर १ जनाको मृत्यु

सप्तरीको तिरहुत गाउँपालिका–१ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय क्रिकोल गाउँका भूपेन्द्र बिराजी यादवको आज करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार ४० वर्षका यादवलाई आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेको थियो ।

उपचारका लागि भारदहस्थित भारदह अस्पतालमा पठाइएको भए पनि त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्