
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ ।
आउँदो कार्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनमा नेमकिपाले उम्मेदवारी नदिने निर्णय गरेको हो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)को अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले उपनिर्वाचनमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिएका छन् ।
बैठकले संगठनलाई सक्रिय बनाउन कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूबीच जिल्ला जिल्लामा पार्टी प्रकाशनको अन्तरक्रिया चालु राख्ने निर्णय गरेको पनि सुवालले जनाएका छन् ।
२०७९ निर्वाचनमा राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएपछि रुपन्देही-३ मा उपनिर्वाचन हुँदैछ ।
प्रतिनिधिसभामा हाल नेमिकपाका एक जना सांसद छन् ।
