१३ असार २०८३, शनिबार

विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी घाइते

साउन २८, २०८२
विराटनगर
विराटनगरको बाल सुधार गृहमा झडप, एक प्रहरी घाइते

मोरङको विराटनगर-३ मा रहेको बाल सुधार गृहमा बुधबार दिउँसो  झडप भएको छ । 

सुधार गृहभित्र रहेका बालकहरूबीच झडप भएको हो । झडप नियन्त्रण गर्ने क्रममा प्रहरी वरिष्ठ हवल्दार हिरण कुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख, एसपी नारायण प्रसाद चिमरियाले जानकारी दिए । 

‘घटनास्थललाई अहिले नियन्त्रणमा लिइएको छ । दुई समूहबीच झडप भएको बुझिएको छ’, एसपी चिमरियाले  भने, ‘अहिले सुधार गृहमा रहेका बालकहरूलाई भित्र राख्ने काम भइरहेको छ।’

५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालबन्दी छन् । अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्षमुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ । 

तर, यहाँ रहेका अधिकांश हाल १८ वर्ष भन्दा माथिका रहेको प्रहरीले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्