०६ साउन २०८३, बुधबार

समानुपातिक मतगणना–विवेकशील र राप्रपाबीच प्रतिस्पर्धा !

मंसिर २५, २०७४
समानुपातिक मतगणना–विवेकशील र राप्रपाबीच प्रतिस्पर्धा !

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम तिर पुग्नै लाग्दा मतगणना सकिएको क्षेत्रमा समानुपातिक मतगणना जारी छ । 

समानुपातिक मतगणनामा पनि वाम गठवन्धनको मुख्य दल नेकपा एमालेले अग्रता कायम गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । 

नेकपा एमालेले ३ लाख ४३ हजार ३ सय २६ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ३९ हजार ५ सय ५८ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६९ हजार २ सय ६६ मत पाएको छ । 
विवेकशील साझा पार्टी पाँचौं स्थानमा छ भने राप्रपा छैठौं स्थानमा छ । 

समानुपातिकमा विवेकशील र साझाबीच प्रतिस्पर्धा

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकको चौथो दल बनेको राप्रपा नेपाल अहिले विवेकशील साझा भन्दा पछि परेको छ । उसको मत विवेकशीलले पाएको आकलन गरिएको छ । काठमाडौंमा तत्कालिन राप्रपा

नेपाल(हालको राप्रपा)ले समानुपातिकमा राम्रो मत पाएको थियो । तर, यसपटक मतदातले उसलाई भन्दा विवेकशील साझालाई मत दिएका छन् । 

पछिल्लो विवरण अनुसार विवेकशील साझाले १७ हजार १ सय ७३ मत पाउँदा राप्रपाले १४ हजार ६ सय १५ मत पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्