३१ असार २०८३, बुधबार

डा. रामेश कोइरालाको विदेश प्रस्थानमा रवीन्द्र मिश्रको यस्तो प्रतिक्रिया

साउन २८, २०८२
काठमाडौं
डा. रामेश कोइरालाको विदेश प्रस्थानमा रवीन्द्र मिश्रको यस्तो प्रतिक्रिया

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वरिष्ठ हृदय रोग विशेषज्ञ डा. रामेश कोइरालाको विदेश प्रस्थानप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै मिश्रले कोइरालासँग आफ्नो राजनीतिक धारणा कहिल्यै नमिले पनि उनले सरकारी अस्पतालमा सरकारी तलबमा बसेर दिएको योगदानको उच्च प्रशंसा गरे ।

 मिश्रले लेखेका छन्, 'गङ्गालाल छोडेर देश छाड्नु भएकोमा अत्यन्तै दुखी छु। हण्डर–ठक्कर सहेर, सरकारी अस्पतालमा सरकारी तलब खाएर, विदेश गएको भए महिनामैँ दशौँ लाख कमाउने अवसर छाडेर जसरी नेपाल बसेका थिए, त्यसको जति प्रशंसा गरे पनि पुग्दैन।'

मिश्रका अनुसार विगतमा उनी र कोइरालाबीच ट्विटरमा आपसी ब्लकसम्म पुग्नेस्तरको वैचारिक असहमति थियो। तर पनि कोइरालाले देखाएको सार्वजनिक सेवाको उदाहरण उल्लेखनीय भएको भन्दै उनले नमन व्यक्त गरे।

मिश्रले कोइरालालाई जीवनमा जे पाएनन्, त्यसका लागि पश्चताप नगर्न सल्लाह दिँदै आगामी जीवनका लागि खुशी र सुखको शुभकामना दिएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्