२५ असार २०८३, बिहीबार

कुनै कुनै पुरुष यसकारण हुन्छन् समलिंगी

मंसिर २५, २०७४
कुनै कुनै पुरुष यसकारण हुन्छन् समलिंगी

काठमाडौं, २४ मंसिर — वैज्ञानिकहरूले समलिंगी र सामान्य पुरुषको सबै डीएनए कोड विश्लेषण गरेर वंशाणु (जिन) का रूपभेद (भेरिएन्ट) पत्ता लगाएका छन् । यिनै भेरिएन्टहरूको सम्बन्ध समलैंगिकतासँग छ ।  

समलिंगी र सामान्य पुरुषका दुई वंशाणु एसएलआईटीआरके५ र एसएलआईटीआरके६ नजिकका डीएनए फरक फरक थिए । 

यो अध्ययनमा एक हजार समलिंगी पुरुषहरूका सबै जिनोम हेरिएको थियो र त्यसको तुलना १२ सय ३१ सामान्य पुरुषसँग गरिएको थियो । एसएलआईटीआरके६ मस्तिष्कको विकासका लागि एक महत्त्वपूर्ण जिन हो र यो दिमागको

हाइपोथेलेमस भागमा सक्रिय रहन्छ । हाइपोथेलेमसले यौन प्रवृत्तिलाई नियन्त्रित गर्ने हर्मोन जन्माउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । 

अध्ययनले समलिंगी पुरुषहरूमा यसका केही भाग ३४ प्रतिशतसम्म ठूलो हुने देखाएका छन् । 

अमेरिकाको नर्थ शोर विश्वविद्यालय हेल्थ सिस्टमका एलेन स्यान्डर्सले यस अध्ययनको उद्देश्य लैंगिकताको आधार पत्ता लगाउनु थियो भने । लैंगिकतापछिको जैविक प्रक्रियाको जानकारी यसबाट बढ्ने उनको भनाइ छ । अध्ययनको
निष्कर्ष साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित भएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्