०९ असार २०८३, मंगलबार

कुन प्रदेशमा कति समानुपातिक सांसद हुन्छन् ?

मंसिर २५, २०७४
कुन प्रदेशमा कति समानुपातिक सांसद हुन्छन् ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिँनै लाग्दा समानुपातिक तर्फको मतगणना शुरु भएको छ । 

प्रतिनिधिसभा अन्तर्गत १६५ जना निर्वाचित हुने क्रममा छन् भने प्रतिनिधिसभामा ११० जना समानुपातिक सांसद हुनेछन् । उनीहरु दलहरुले प्राप्त गरेको मतका आधारमा छानिनेछन् । 

प्रदेशसभा अन्तर्गत भएको समानुपातिक मतगणनाबाट २२० जना प्रदेशसभामा समानुपातिक सांसद छानिनेछन् । 

समानुपातिक सांसदको संख्या भने प्रदेश अनुसार फरक फरक हुनेछन् । 

कुन प्रदेशमा कति समानुपातिक सांसद

प्रदेश नम्बर १ – ३७ जना समानुपातिक सांसद
प्रदेश नम्बर २–  ४३ जना समानुपातिक सांसद
प्रदेश नम्बर ३–  ४४ जना समानुपातिक सांसद
प्रदेश नम्बर ४–  २४ जना समानुपातिक सांसद
प्रदेश नम्बर ५–  ३५ जना समानुपातिक सांसद
प्रदेश नम्बर ६–  १६ जना समानुपातिक सांसद
प्रदेश नम्बर ७–  २१ जना समानुपातिक सांसद


 

salt training

कमेन्ट गर्नुहोस्