१२ असार २०८३, शुक्रबार

माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि शिक्षक सेवा आयोगको विज्ञापन

साउन ३१, २०८२
काठमाडौं
माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि शिक्षक सेवा आयोगको विज्ञापन

 शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि दरखास्त आव्हान गरेको छ । आयोगले साउन ३१ गते एक सूचनामार्फत इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

सूचनाअनुसार, शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका तथा आवश्यक तालिम प्राप्त गरेका व्यक्तिहरूले मात्र दरखास्त दिन सक्नेछन् ।

दरखास्त आयोगको आधिकारिक अनलाइन प्रणाली https://license.tsc.gov.np/ मार्फत दिने व्यवस्था गरिएको छ । विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np मा प्रकाशित गरिएको आयोगले जनाएको छ ।

आयोगले २०८२ साउन ३० गतेको निर्णयानुसार यो विज्ञापन प्रकाशित गरिएको समेत सूचनामा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्