२६ असार २०८३, शुक्रबार
भारतीय विदेश सचिव नेपालमा

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

भदौ १, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

सचिव मिस्रीले आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । 

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि उनी काठमाडौं आएका हुन् ।

आइतबार बिहान मात्र काठमाडौं आएका भारतीय विदेश सचिव मिस्रीले पहिलो भेट ओलीसँग गरेका हुन् ।

null

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर उनी काठमाडौं आएका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार स्वदेश फर्किनु अघि उनले विभिन्न राजनीतिक दलका नेतासँग समेत भेटवार्ता गर्नेछन् ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्