
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर नगरेको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मिसिल झिकाउन आदेश गरेको रिट निवेदक समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले लोकान्तरलाई जानकारी दिए । ‘प्रतिनिधिसभा विघटनका १३ थान मिसिल झिकाउने आदेश भएको हो,’ न्यौपानेले लोकान्तरसँग भने ।
प्रतिनिधिसभा विघटनको फैसला भएको पाँच वर्षसम्म पनि पूर्वप्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेको भन्दै अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतमा रिट गर्दा शुरूमा दरपीठ गरिएको थियो ।
शुरूमा सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले दरपीठ गर्ने आदेश गरेका थिए।
तर पछि पुनः उक्त दरपीठको आदेशलाई बदर गर्न माग गर्दै आइतबार अधिवक्ता न्यौपानेले अर्को निवेदन दिएका थिए ।