३२ असार २०८३, बिहीबार

भगवती  र  गच्छदारबीच धाँधलीको घोचपेच चल्यो, रोकियो मतगणना

मंसिर २५, २०७४
भगवती  र  गच्छदारबीच धाँधलीको घोचपेच चल्यो, रोकियो मतगणना

इटहरी, २५ मंसिर -  सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । 

सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा(एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच एकापसमा धाँधलीको घोचपेच चल्दा लामो समयदेखि विवादले निकास पाउन सकेको छैन । 

विवादबीच अपराह्न एमाले र काँग्रेस नेता कार्यकर्ताबीच झडपको स्थिति पैदा भइरहेको छ । पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हाजार १७१ मत प्राप्त गरेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्