१३ असार २०८३, शनिबार

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

भदौ ३, २०८२
काठमाडौं
नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अटोमोबाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि शुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । 

प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शो भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।

नाडामा १२५ बढी कम्पनी तथा संस्थाका स्टल रहने छन् । जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ ।

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ । प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याइसकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्