०५ साउन २०८३, मंगलबार
हस्ताक्षर संकलनको तयारी

कांग्रेस-एमालेले आफ्ना सांसदहरूलाई अकस्मात किन बोलाए सिंहदरबार  ?

भदौ ३, २०८२
काठमाडौं
कांग्रेस-एमालेले आफ्ना सांसदहरूलाई अकस्मात किन बोलाए सिंहदरबार  ?
फाइल तस्वीर

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिकरूपमा सिंहदरबार बोलाएका छन् । दुवै दलका कार्यालयबाट कारण नखुलाई दुई/तीनघण्टा भित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशनसहित फोन गरिएको हो । 

कांग्रेस र एमालेका सांसदले आफूहरूलाई अनिवार्य उपस्थित हुन भन्दै फोन आएको लोकान्तरलाई जानकारी दिए । 

एमाले सांसद ठाकुर गैरेले साढे १० बजे संसदीय दलको कार्यालयका बोलाएको जानकारी दिए । ‘साढे १० बजे बैठक छ भनेर बोलाइएको छ,’ ठाकुरले लोकान्तरसँग भने, ‘म त पाल्पातिर छु । तर किन हो भनेर खुलाइएको छैन ।’ 

कांग्रेसका एक सांसदले पनि १० बजेदेखि २–३ बजेसम्म संसदीय दलको कार्यालयमा आउन फोन आएको जानकारी दिए । ‘आकस्मिकरूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा १० बजेपछि २–३ बजेसम्म आउनु भनेर बोलाइएको छ,’ एक सांसदले भने, ‘एमालेका सांसदलाई पनि यस्तै गरी बोलाइएको भन्ने सुनेका छौं ।’

कांग्रेसका अर्का एक सांसदले हस्ताक्षर संकलनको लागि बोलाइएको जानकारी दिए । ‘हस्ताक्षर संकलनको लागि भनेर बोलाइएको जस्तो संकेत बुझेका छौं,’ एक सांसदले लोकान्तरसँग भने, ‘उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउन हस्ताक्षर गराउन खोजिएको भन्ने चर्चा सांसदबीच छ ।’ 

कारण नखुलाएपछि बोलाइएपछि केही सांसदले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग बुझेका थिए । उनले पनि हस्ताक्षर संकलन उपसभामुख इन्दिरा रानालाई हटाउने संकेत स्वरूप गर्न लागेको बताए । 

‘उहाँले प्रष्ट त भन्नुभएन । तर उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन गर्न खोजिएजस्तो संकेत गर्नुभयो,’ कांग्रेसका एक सांसदले भने । 

उपसभामुखको लेटरहेड दुरुपयोग गरेर केही नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेपछि रानालाई पदबाट हटाउनु पर्ने आवाज उठेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्