२१ असार २०८३, आइतबार

एनआईसी एसिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष छुट

भदौ ३, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष छुट

एनआईसी एसिया बैंक ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्यान्ड प्रालि र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्यान्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्यान्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १५ सय रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

सुविधाको उपभोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

स्काइ ब्रोडब्यान्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्