
हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौंमा आज हुलाक सेवा विभागले आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् ।
मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए ।