०३ असार २०८३, बुधबार

करेन्ट लागेर तीन जनाको मृत्यु

भदौ ३, २०८२
काठमाडौं
करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर देशका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । 

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ कुडिया बस्ने ३८ वर्षीय विजय हजामको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँस्थित बागमती खाडसरी चिनी मिल प्रालिमा पाइपलाइनको वेल्डिङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका क्रममा मृत्यु भएको हो । 

यस्तै, झापाको मेचीनगर नगरपालिका-५, भेटघाट चोक बस्ने २२ वर्षीय सन्दिप राजवंशीको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । 

आफ्नै घरमा टेबल फ्यान मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी बागलुङको निसीखोला गाउँपालिका-३ बोहोरा गाउँ बस्ने १९ वर्षीया कृष्ण कुमारी चन्दको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । छिमेकीको घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बुर्तिबाङ अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 
    
 

salt training

कमेन्ट गर्नुहोस्