०२ साउन २०८३, शनिबार

‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल ल्याइयो

भदौ ३, २०८२
काठमाडौं
‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल ल्याइयो

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ​कलबहादुर बस्नेत रहेका छन् । उनलाई इन्टरपोल सहयोगमा नेपाल ल्याइएको हो ।

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ घर भएर कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने बस्नेतलाई एनसीबी आवुधावी समन्वयमा यूएईमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बस्नेतविरुद्ध २०८१ पुस ११ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीका लागि मानव बेचबिखन ब्यूरोमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्