१८ असार २०८३, बिहीबार

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा ३ जनाको मृत्यु

भदौ ३, २०८२
चितवन
जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा ३ जनाको मृत्यु

चितवनमा जापानीज इन्सेफ्लाईटिसबाट तीन जनाको मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने जानकारी दिँदै उनले सबैलाई सचेत रहन आग्रह गरे ।

अचानक उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

salt training

कमेन्ट गर्नुहोस्