
नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ ।
मङ्गलबार नेप्से परिसूचक ६.५१ अङ्कले बढेर २७७६ को विन्दुमा कायम भएको हो ।
आज बजारमा १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयरको खरिदबिक्री हुँला ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै परिसूचक ९.१६ अङ्कले बढेर २७७०.३९ को विन्दुमा बन्द भएको थियो ।
आज उपसमूहतर्फका सबै सूचकहरू बढेका छन् ।
कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
मङ्गलबार बजार पुँजीकरण ४६ खर्ब ३७ अर्ब रुपैयाँ बढी पुगेको छ ।