२८ जेठ २०८३, बिहीबार

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

भदौ ३, २०८२
काठमाडौं
बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।
 
पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँविज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तक्र्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।
 
बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आएका थिए । उनले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरू भएको बताए ।
 
उनले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताए । 
 
सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्