
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले करार सेवाका लागि केही स्टाफ नर्स पदमा दरखास्त आह्वान गरेको छ।
अस्पतालले प्रकाशित गरेको सूचना अनुसार प्रमाण–पत्र तह नर्सिङमा उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
दरखास्त फाराम अस्पताल प्रशासन शाखाबाट लिन वा अस्पतालको वेबसाइट www.pmwh.gov.np बाट डाउनलोड गर्न सकिनेछ। दरखास्त फाराम बुझाउने अन्तिम मिति आज सूचना प्रकाशित भएको दिनदेखि १५ दिनभित्र तोकिएको छ।
उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। फाराम शुल्क रु. ६०० अस्पतालको नगद काउन्टरमा बुझाई भौचर सक्कलै पेश गर्नुपर्नेछ।
दरखास्त फाराम दर्ता गर्दा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, एसएलसी/एसईईको प्रमाणपत्र, नर्सिङ काउन्सिल दर्ता प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइजका फोटो संलग्न गर्नुपर्नेछ।
अस्पतालका अनुसार उक्त पदको लिखित तथा अन्तरवार्ता परीक्षामार्फत छनोट हुनेछ भने परीक्षासम्बन्धी थप विवरण अस्पतालको वेबसाइटमा प्रकाशित गरिनेछ।