
हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् ।
सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् ।