०३ असार २०८३, बुधबार

पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भदौ ४, २०८२
काभ्रेपलाञ्चोक
पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।

पाँचखालतर्फ गइरहेको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौंबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहेका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्