०२ साउन २०८३, शनिबार

उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनले गरे उम्मेदवारी दर्ता, नरेन्द्र मोदी बने पहिलो प्रस्तावक

भदौ ४, २०८२
काठमाडौं
उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनले गरे उम्मेदवारी दर्ता, नरेन्द्र मोदी बने पहिलो प्रस्तावक

एनडीए (भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन)बाट उपराष्ट्रपति पदका उम्मेदवार सीपी राधाकृष्णनले उम्मेदवारी दर्ता गरेका छन्।

उनको उम्मेदवारी दर्ता कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री नितिन गडकरीसहित एनडीएका शीर्ष नेता र सांसदहरू उपस्थित थिए । प्रधानमन्त्री मोदी राधाकृष्णनको पहिलो प्रस्तावक बनेका छन् । 

उम्मेदवारी दर्ता कार्यक्रममा गठबन्धन एनडीएको एकता प्रदर्शन भएको देखियो । उपस्थित नेतामध्ये प्रफुल्ल पटेल, रक्षा मन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डा, चिराग पासवान, ललन सिंह, जितनराम माँझी, किरेन रिजिजु र अर्जुनराम मेघवाललगायत सांसदहरू पनि सहभागी थिए ।

भाजपा नेतृत्वले गत आइतबार महाराष्ट्रका राज्यपाल रहेका राधाकृष्णनलाई आगामी उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार बनाउने घोषणा गरेको थियो । 

सो घोषणा भाजपा संसदीय बोर्डको बैठकपछि गरिएको हो, जसमा प्रधानमन्त्री मोदी, गृहमन्त्री शाहसहित पार्टीका वरिष्ठ नेताहरू सहभागी भएका थिए । राधाकृष्णनको नाम सार्वजनिक भएपछि गठबन्धनका अन्य दलहरूले पनि समर्थन जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्