२९ असार २०८३, सोमबार

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

भदौ ४, २०८२
काठमाडौं
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

बुधबारलाई प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रम नहुने भएको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले ‘स्वास्थ्यका कारण ओली प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि बुधबार संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्