१० साउन २०८३, आइतबार

गच्छदार भर्सेस भगवती : अझैं सुरु हुन सकेन मतगणना

मंसिर २६, २०७४
गच्छदार भर्सेस भगवती :  अझैं सुरु हुन सकेन मतगणना

सुनसरी, २६ मङ्सिर- विवादका कारण सोमबार बिहानदेखि रोकिएको  सुनसरी ३ को मतगणना अझैं सुरु हुन सकेको छैन ।  मतपेटिकाको सिलका विषयमा विवाद हुँदा  गणना  अवरुद्ध बनेको थियो । 
जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत भक्तबाहादुर भट्टराईले सहमति जुटाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । 
सुनसरी १ मा   कांग्रेस नेता  विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ।
मतगणनाको क्रममा मतपेटिकाको शिल शंकास्पद अवस्थामा भेटिएको भगवतीको दाबी छ । सोपछि उनका कार्यकर्ताले मतदान अधिकृतले नै गच्छदारलाई जिताउन धाँधलीको प्रयास गरेको आरोप लगाएका छन् भने यसकै विरोधमा सोमबार दिनभर नाराबाजीसमेत गरेका थिए ।  

पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन्  । 

यो नतिजा प्राप्त हुनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार गच्छदारले झिनो मतान्तरले अग्रता लिएपनि चौधरीले पुन अग्रता लिएसँगै मतगणनाको मतपेटिका संकास्पद अवस्थामा भेटिएको भन्दै चौधरीले विरोध गरेपछि मतगणना रोकिएको हो । 
 चौधरीले  धाँधली हुनसक्ने भन्दै सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् । 
स्मरण रहोस्  ०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै झिनो मनान्तरले हराउँदै गच्छदार विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्